• Tuesday 6th of October 2026

कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारीले रक्सी खाएर कार चलाएपछि…


  • धनकुटा खबर
  • .

भक्तपुरमा कार दुर्घटनापछि पक्राउ परेका फिल्म निर्देशक तथा कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी प्रहरी हिरासतबाट छुटेका छन्।

शुक्रबार बिहान ३ बजेतिर दुर्घटनामा परेका भण्डारीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा राखेको थियो। सोही दुर्घटनामा परी घाइते भएका कमेडियन सुशासन्त बस्यालको अवस्था सुधार हुँदै गएपछि उनको सम्पूर्ण उपचार खर्च भण्डारीले व्यहोर्ने कागज गरेर प्रहरीले हिरासतमुक्त गरेको हो।

भण्डारीसहित कारमा एकजना महिला र अन्य पाँचजना पुरुष सवार थिए। उनीहरू सवार कार भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोकिएर दुर्घटना भएको थियो।

निर्देशक भण्डारीसहित प्रहरीको नियन्त्रणमा रहेका पुजन अधिकारी पनि प्रहरी नियन्त्रणबाट छुटेका छन्। बस्यालको अहिले पनि उपचार भइरहेको छ। उनको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए।

प्रहरी अनुसन्धानमा उक्त कार भण्डारीले नै चलाएको खुलेको छ। उनले मापसे गरेको अवस्थामा कार चलाएको खुल्न आएको केसीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖