• Tuesday 6th of October 2026

सुत्केरी भएको कतिपछि यौन सम्पर्क गर्न मिल्छ?


  • धनकुटा खबर
  • .

१. अधिकांश डाक्टरहरु गर्भ रहेको अवस्थामा यौनसम्पर्क नगर्न सल्लाह दिन्छन्। के त्यसो भए बच्चा जन्मिएलगत्तै पत्नीसंग यौनसम्पर्क मिल्छ त?
मिल्दैन। सुत्केरी भएलगत्तैको सहवासले महिलालाई हानी पुग्छ। बच्चा जन्मिएपछि पुरुषलाई पहिलेजस्तो महिलाबाट यौन सुख नमिल्न पनि सक्छ। बच्चा जन्माउदा योनिको मांसपेशी टुट्ने हुन सक्छ।

चिकित्सकका अनुसार अपरेशन नगरी सामान्य रुपले बच्चा जन्मिएको छ भने सुत्केरी भएको ६ हप्तासम्म सहवास गर्नुहुँदैंन। त्यसपछि पनि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। मांसपेशीमा लागेको घाउ निको हुन पनि कमसेकम ५ देखि ६ हप्तासम्म लाग्छ। यस्तो अवस्थामा यदि यौनसम्पर्क गर्नुभयो भने योनिमा संक्रमण हुन सक्छ।

सुत्केरी भएपछि सामान्य रुपले महिलामा उदासिनता बढेको हुन सक्छ। हर्मोन परिवर्तनका कारण यसो भएको हुन सक्छ। यसबाट महिलामा यौनसम्पर्क गर्ने चाहना पनि हुँदैंन। यस्तो अवस्थामा महिला तथा पुरुषले कम्तीमा पनि ६ हप्तासम्म सहवास नगर्नबाट बच्नैपर्ने हुन्छ। ६ हप्तापछि यौनसम्पर्क गर्दा पनि चरम सुखमा पुग्न पनि महिलालाई गार्‍हो हुन्छ।

२. सामान्य गर्भावस्थामा कुन–कुन रोगको परीक्षण नियमित रुपले गरिन्छ?
लगभग सबै सामान्य गर्भका दौरान एड्स हेपाटाइटिस बी, सिफलिस तथा रुबेलालगायतको नियमित परीक्षण गरिन्छ। गर्भावस्थामा अलग–अलग समयमा रगतको नमूना लिएर परीक्षण गरिन्छ।

अध्ययनका अनुसार बच्चा जन्माउनुअघि हुने रक्त परीक्षणबाट ९० प्रतिशत जन्मजात समस्या पत्ता लाग्न सक्दैन। तर जान्न सकिने १० प्रतिशत रोगका लागि अलग चार प्रकारका परीक्षण गर्न सकिन्छ: एम्निियोसेन्टीसिस, अल्फा फेटोप्रोटिन (एएफपी) जस्ता परीक्षण र अल्ट्रासाउण्ड।-स्वास्थ्यखबर पत्रिका

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖