काठमाडौं । चर्चित गायिका एलिना चौहानले आगामी वैशाखमा विवाह गर्ने भएकी छन् । केही समयअघि उनको प्रेमी विष्णु सापकोटासँग ‘ब्रेकअप’को हल्ला चलेको थियो ।
अहिले गायिका चौहानले उनै विष्णुसँग विवाह गर्न लागेको स्रोतले जानकारी दिएको छ । विवाहको मिति तय भइनसके पनि आगामी वैशाखमा विवाह हुने भएको हो ।
गत माघमा एलिना र विष्णुको ब्रेकअपको खबर बाहिरिएको थियो । उनीहरूले उक्त विषयलाई मिथ्या भन्दै विवाहको तयारीका लागि जुटेको बताइएको छ । एलिनाले ब्रेकअपको कुरामा ‘मिस–अन्डरस्ट्यान्डिङ’ भएको बताउँदै ब्रेकअप नभएको जिकीर गरेकी छन् ।
गायिका चौहानले बे्रकअपको विषयमा केही मिडियाहरूले अन्दाजको भरमा समाचार फैलाएको आरोप लगाएकी छन् । ‘हामीहरू दुवै पक्षले यस विषयमा कुनै पनि आधिकारिक जानकारी गराएका थिएनौँ, मेरो विवाह विष्णुसँगै हुन लाग्या हो,’ उनले भनिन् ।
स्रोतका अनुसार अहिले दुवै परिवारका सदस्यहरु विवाहको तयारीमा जुटेको बताइएको छ । एलिनाले विवाहको मिति चाँडै नै तय गरिने बताइन् ।
विष्णु बागलुङ निवासी हुन् भने एलिना झापाकी हुन् । विष्णु गीतकार हुन् । उनी हाल अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
गत वर्ष तिजको अवसरमा एलिना कन्सर्टका लागि अष्ट्रेलिया पुगेकी थिइन् । सोही समयदेखि उनीहरूबीच निकटता बढेको थियो ।
