• Tuesday 6th of October 2026

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवा मृत भेटिए


  • धनकुटा खबर
  • .

कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् ।

पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।

बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।

घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖