• Wednesday 7th of October 2026

बलिउडको रंगिन जीवन त्यागेर बौद्ध भिक्षुणी बनेकी बरख


  • धनकुटा खबर
  • .

काठमाडौं ।आफ्नो सामान्य जीवन छोडेर परिवर्तित जीवन जिउन आममानिसका लागि निकै कठिन विषय हो। त्यसमाथि फिल्मी दुनिया“मा रमाउने अभिनेत्रीहरूका लागि त झन परको विषय हो।

दिनहुँ तामझामपूर्ण सुटिङ, फरकफरक फेसनका कपडा, सौन्दर्य साधन शृंगार र पार्टीमा रमाइरहेका कलाकारलाई पक्कै पनि यो सहज विषय होइन। तर, यस्तो तामझामपूर्ण भौतिक जीवनलाई चटक्कै छोडेर बौद्ध भिक्षुणी बनेकी थिइन् कुनै बेलाकी बलिउडकी चर्चित अभिनेत्री बरख मदन।

सुन्दरताका कारण कुनै समय बलिउड अभिनेत्री ऐश्वर्या राय र सुस्मिता सेनलाई टक्कर दिने उनी सन् १९९४ को मिस इन्डियामा सहभागी भएकी थिइन्। जुन प्रतियोगितामा सुस्मिता सेनले ताज जितेकी थिइन् भने ऐश्वर्याराय दोस्रो भएकी थिइन्। बरखाले उपाधि चुम्न नसके पनि उनले मिस टुरिजमको उपाधि जितेकी थिइन्।

उनले सन् १९९६ मा फिल्म खिलाडियोंका खिलाडीमार्फत बलिउड डेब्यु गरेकी थिइन्। त्यसपछि उनले तेरा मेरा प्यार, भूत, समय, सोचले, सुरखाबजस्ता फिल्ममा काम गरेकी थिइन्। फिल्मको अलावा बरखाले टेलिभिजन शो घर एक सपना था, साथ फेरे तथा न्यायमा पनि अभिनय गरेकी थिइन्। नेपाल समचारपत्रमा खबर छ ।

अभिनय र ग्ल्यामर दुनियाँमा सफलता चुम्दै गर्दा उनले सन् २००२ मा बौद्ध धर्म गुरु दलाई लामाको प्रवचन सुनिन। दलाई लामाको प्रवचनबाट प्रभावित भएपछि उनी बौद्ध धर्मावलम्बी बनेकी थिइन्।

त्यसपछि पनि अभिनय यात्रालाई निरन्तरता दिँदै आएकी उनले सन् २०१२ मा अचानक ग्लयामर दुनिया र अभिनय करिअर छोडेर बौद्ध भिक्षुणी बन्ने घोषणा गरिन्।

विभिन्न डिजाइन र फेसन, आकर्षक हेयर स्टाइलमा सजिएर हिँड्ने बरखाले केवल एक रङको कपडा लागाउने र कपाल मुण्डन गर्ने घोषणाले बलिउड नगरी मात्र चकित पारेको थिएन। अन्ततः उनी रातो सादा कपडामा बौद्ध धर्मशालामा रहेर बौद्ध नियमको पालना गर्दैै सामाजिक कार्यमा समर्पित छिन् ।

उनी हाल बौद्ध गयास्थित तारा चिल्ड्रेन प्रोजेक्टसँग जोडिएर एचआईभी संक्रमित बच्चाको सेवामा तल्लीन छिन्। सामाजिक सेवामा रमाउने उनी बौद्ध भिक्षुणी बन्ने निर्णयलाई जीवनको सबैभन्दा महत्वपूर्ण फैसला मान्छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖