• Tuesday 6th of October 2026

बिग बोसका विजेता मुनव्वर फारुकी पक्राउ


  • धनकुटा खबर
  • .

भारतीय कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकी पक्राउ परेका छन्।

भारतको मुम्बईको हुक्का पार्लरमा छापा मार्दैँ फारुकीसहित १३ जनालाई पक्राउ गरेको हो। यी सबैविरुद्ध मुद्धा समेत दर्ता भएको छ।

फोर्ट क्षेत्रको होटल हुक्का पार्लरमा भएको छापा मारमा संलग्न एक अधिकारीले उक्त हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्रहरीलाई प्राप्त भएको बताए । त्यसपछि प्रहरीले छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको थियो। ती व्यक्तिहरूमा मुनवर फारुकी पनि सामेल थिए।

अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४ सय नगद भारु र १३ हजार ५ सय बराबरको ९ थान हुक्का बरामद गरेको छ। चुरोट र अन्य तंबाकू उत्पादन ऐनको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

तर, मुनव्वरको नाम कुनै विवादमा जोडिएको यो पहिलो पटक भने होइन। सन् २०२१ मा मुनव्वरमाथि धार्मिक भावना भड्काएको आरोप लागेको थियो। उनले आफ्नो एक स्ट्यान्ड अप कमेडीमा हिन्दु देवता र देवीहरूको बारेमा विवादास्पद टिप्पणी गरेका थिए। उनीविरुद्ध धेरै राज्यमा एफआइआर पनि दर्ता भए। यसै मुद्धममा उनी पक्राउ परेर ३७ दिन जेलमा बसेका थिए।

हालै बिग बोस विजेता बनेका मुनव्वरले पहिलो पटक २०२२ मा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा भाग लिएका थिए। उनी सिजन १ को विजेताको उपाधि जितेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖