• Tuesday 6th of October 2026

दीपिकालाई हलिउड फिल्ममा लिने बिनको संकेत !


  • धनकुटा खबर
  • .

काठमाडौं– हलिउड नायक बिन डिजेलले बलिउड नायिका दीपिका पादुकोणलाई फेरि सम्झिएका छन् । उनले इन्टाग्राममा दीपिकाको निमन्त्रणामा भारत आउँदा खिचेको फोटो सार्वजनिक गरेपछि यो विषयले चर्चा बटुलेको छ।

उनले सन् २०१७ मा भारत भ्रमणको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मैले दीपिकालाई भारत भ्रमण गर्ने बाचा दिएको थिएँ । मैले सो बाचा पूरा गरेँ ।’

बिन र दीपिकाले सन् २०१७ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘एक्सएक्सएक्स: रिटर्न अफ जेन्डर केज’मा सहकार्य गरेका थिए । बिनका अनुसार सोही बेला दीपिकाले दिएको निम्तो मान्न उनी भारत आएका थिए । उनीसँग फिल्मका निर्देशक डीजे कारुसो पनि आएका थिए ।

बिनले दीपिकालाई सम्झिएर गरेको पोस्ट चर्चामा आउनु दुई कारण छ । पहिलो कारण उनी दिपिकालाई एक्सन नायिकाका रुपमा मन पराउँछन् । उनी दीपिकाको ‘फ्यान’समेत हुन् । अर्को कारण भने उनले सोही पोस्टमार्फत आगामी फिल्ममा दीपिकासँग सहकार्य गर्न सक्ने संकेत गरेका छन् ।

साथै उनले एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’का निर्देशक डीजे कारुसो अर्को फिल्ममा काम गर्न लागेको समेत जानकारी दिएका छन् । दिदी–भाइको भावनात्मक कथामा आधारित सो स्क्रिप्ट पढेर आफ्नो छोरी रोएको उनले जानकारीसमेत दिए । आफ्नी छोरीले नायिकामा जेनिफर लरेन्स राख्न सुझाव दिएको बताउँदै उनले कुन नायिका राख्दा उचित होला भनेर फ्यानसँग प्रश्न समेत गरेका छन् ।

धेरैले बिनको यो पोस्टलाई आगामी फिल्ममा दीपिकालाई लिन सक्ने संकेत देखाएको रुपमा बुझेका छन् । दीपिका र बिनलाई लिएर फिल्म बनाएका निर्देशककै आगामी प्रोजेक्ट भएकाले पनि यो आशंका सत्य नजिक छ ।

यद्यपि बिन र दीपिका मिल्ने साथी भएकाले उनले सम्झना गरेको मात्रै पनि हुन सक्छ । बिनले फिल्मको नाम भने खुलाएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖