• Tuesday 6th of October 2026

गायिका एलिनालाई बैसाख ५ गते बिहे गर्ने बाचा गरेका बिष्णु एक्कासी चीन उडे


  • धनकुटा खबर
  • .

केही दिनयता गायिका एलिना चौहान र विष्णु सापकोटा सामाजिक सञ्जालमा ‘हटकेक’ बनेका छन् । बिहेको खबर सार्वजनिक भएपछि उनीहरु दर्शक÷स्रोताको थप चासोको पात्र बनेका हुन् ।

एलिना र विष्णुले आगामी बैशाख ५ गते बिहे गर्ने निर्णय गरेका छन् । दुवै पक्षका परिवार अहिले बिहेको धुमधाम तयारीमा जुटेको बताइन्छ ।

विष्णु भने हिजो चीन गएका छन् । उनी काठमाडौंबाट चीनको ग्वाङ्झौतर्फ उडेका हुन् । उनले सामाजिक सञ्जालमा ‘केही दिनको व्यवसायिक ट्रिप’ उल्लेख गरेका छन् ।

शुभचिन्तकहरुले भने विष्णु बिहेको सपिङका लागि चीन गएको हुनसक्ने अनुमान गरेका छन् । श्वेता मैनालीले विष्णुलाई ठट्यौली शैलीमा लेखेकी छन्, ‘बिहेको सपिङ होला भाईको । बहिनी (एलिना) लाई बिहे भाग किन्न भुल्ला नि फेरी !’

त्यस्तै कस्तुप गैरेले विष्णुलाई ‘बिहेको लागि सुन किन्न चीन गएको हो ?’ भनेर प्रश्न गरेका छन् । प्रमिला अधिकारीले पनि ‘एलिनालाई बिहेको उपहार के दिने हो ?’ भनेर विष्णुलाई प्रश्न गरेकी छन् । लेखेकी छन्, ‘दिदी (एलिना) लाई के उपहार दिनुहुन्छ दाई ? दिदीलाई खुशी बनाउने अब तपाईंको हातमा छ है ।’विष्णुले अष्ट्रेलियामा मायालु ब्राण्डिङमा फर्निचर, क्लोथेज, फूड, इन्टरटेन्मेन्टलगायत व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖