• Wednesday 7th of October 2026

अदालतबाट केजरीवालले पाएनन् राहत


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अदालतबाट राहत पाएनन् । प्रवर्तन निर्देशनालय (ईडी)ले उनको हिरासत अवधि थप सात दिन बढाउन माग गरेको थियो । यो मामिलामा फैसला सुनाउने क्रममा अदालतले ४ दिन म्याद बढाइदिएको छ ।

ईडीले केजरीवाललाई बिहीबार राउज एभिन्यू अदालतमा पेस गरेको थियो । अदालतले अप्रिल १ सम्ममा उनलाई हिरासतमा राख्न ईडीलाई अनुमति दिएको छ । ईडीले आम आदमी पार्टीलाई सक्न चाहेको केजरीवालको भनाइ थियो । गएको बिहीबार केजरीवालको निवासमा सोधपुछ गरेलगत्तै ईडीले उनलाई पक्राउ गरेको थियो ।

अदालतले बिहीबार दुवै पक्षको दलिल सुनेपछि ४ दिन म्याद थप्ने निर्णय गरेको थियो । अदालतमा केजरीवालले हिरासत अवधि बढाउने ईडीको मागको विरोध गरेनन् । छानबिनमा सहयोग गर्न तयार रहेको पनि उनले बताए । विरोध नगर्नुको मतलब ईडीको आरोप स्वीकार गरेको भन्ने नभएको केजरीवालका वकिलले अदालतमा भनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖