• Wednesday 7th of October 2026

यात्रुबाहक क्याब दुर्घटना हुँदा १० जनाको मृत्यु


  • धनकुटा खबर
  • .

भारतको जम्मु काश्मिरमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। आज बिहान श्रीनगर-जम्मु नेशनल हाइवेमा यात्रुबाहक क्याब सडकबाट तल खस्दा दुर्घटना भएको हो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार क्याबमा कतिजना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

वर्षाका कारण उद्धार कार्यमा समस्या भइरहेको प्रहरीले बताएको छ। हालसम्म घटनास्थलबाट १० जनाको शव बरामद गरिएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖