• Tuesday 6th of October 2026

पूर्वसांसद तथा अभिनेता गोविन्दा शिवसेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी


  • धनकुटा खबर
  • .

काठमाडौं । हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिए।

सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई आफ्नो पार्टीको झण्डा प्रदान गर्दै अंगवस्त्र लगाएर स्वागत गरेका थिए ।

गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सीटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ ।यदि त्यसो भयो भने यो सिटमा उनले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन् ।

गोविन्दा २००४ मा उत्तर मुम्बई लोकसभा सीटबाट सांसद थिए।

त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए। तर, सन् २००९ मा उनले राजनीतिबाट सन्यासको घोषणा गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖