• Wednesday 21st of October 2026

अनेरास्ववियुकी नेतृ रक्षा बम रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ चैत । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ राजमती बम उर्फ रक्षा बम रिहा भएकी छन् ।

आपराधिक लाभ लिएको अभियोगमा पक्राउ गरेकी उनलाई जिल्ला सरकारी वकिलको रायमा रिहा गरिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयको रायमा प्रहरीले बमलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्ने भएको हो।

बमविरुद्ध रश्मिला धामीले प्रहरीमा उजुरी दिएकी थिईन् । आफ्नो मोबाइल खोसेर गोप्य कागजात नष्ट गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा रश्मिलाले उजुरी दिएपछि बम गत बुधबार पक्राउ परेकी थिईन् ।

उनलाई बिहीबार नै अनुसन्धान नसकिएसम्मका लागि पार्टीले निलम्बनमा राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖