• Wednesday 21st of October 2026

रवि लामिछानेको दसैं शुभकामना : राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि मिलोस्


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् भन्ने कामना गरेका छन् ।

विजयादशमी, २०८३ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् ।

उनले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उनले धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको दुःख स्मरण गरेका छन् ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको बडादसैँका अवसरमा लामिछानेले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको कामना गरेका छन् ।

नवदुर्गा भवानीले सबैलाई राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖