काठमाडौं । एक व्यक्तिले सर्वाधिक बर्गर खाने कीर्तिमान बनाएका छन् । उनी सबैभन्दा धेरै बर्गर खाने विश्वकै पहिलो व्यक्ति बनेका छन् । उनको नाम डोनाल्ड गोर्सके हो। सन् २०२३ मा ७० वर्षीय डोनाल्डले ७२८ अतिरिक्त बर्गर खाएका थिए ।
यसअघि पनि यो कीर्तिमान उनको नाममा थियो । अब उनले खाएका बिग म्याक बर्गरको संख्या ३४,१२८ पुगेको छ । डोनाल्डले करिब ५२ वर्षअघि बर्गर खाने यात्रा सुरु गरेका थिए । गिनिज वर्ल्ड रेकर्डका अनुसार यो मिति मे १७, १९७२ थियो।
उनी भन्छन्, ‘म सायद जीवनभर यी नै खाइरहनेछु।’ त्यस दिनदेखि उनले आफूले बनाएको हरेक बर्गरको ट्रयाक राख्न थाले। उसले त्यो बक्स आफ्नो गाडीमा राख्दथे र पहिलो दिनदेखि नै गणना गर्न थाले। अमेरिकाको विस्कन्सिनका निवासी डोनाल्ड सेवानिवृत्त जेल अफिसर हुन्।
उनले आफ्नो बर्गर कन्टेनर र रसिद दशकौंदेखि सुरक्षित राखेका छन्। उनले सन् १९९९ मा यस विषयमा पहिलो विश्व कीर्तिमान बनाएका थिए । सुरुमा हरेक दिन ९ वटा बर्गर खान्थे । पछि उनले यो संख्या घटाएर २ बनाए । एउटा दिउँसो र अर्को बेलुकाको खानामा खान्थे ।
गिनिज वल्र्ड रेकर्डका अनुसार डोनाल्ड गोर्सके हरेक दिन म्याकडोनाल्डमा ताजा बर्गर किन्न जाने गर्थे । तर, सेवानिवृत्त भएपछि उनी हप्तामा दुई पटक जान्छन र धेरै बर्गर खान्छन् । एउटा तुरुन्तै खान्छन् र बाँकी घरमा राख्छन् । भोक लाग्दा आलुको चिप्स, फ्रुट बार र आइसक्रिम पनि खान्छन् ।
