• Tuesday 6th of October 2026

किन फिल्म खेलिरहेकी छैनन् हेमा मालिनी?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री हेमा मालिनी ड्रिम गर्ल उपमाले परिचित छिन्।
उनलाई दर्शकहरू बसन्ती पात्रको रूपमा पनि चिन्छन्। उनले बलिउडमा एक समय राज गरेकी थिइन्। २०० भन्दाबढी फिल्ममा अभिनय गरेकी हेमा पछिल्लो समय पर्दामा देखिनन्।

हालै एक अन्तर्वार्तामा उनले आफूलाई राम्रो पात्रको प्रस्ताव नआएको बताएकी छन्।

‘यदी मलाई आजको समयमा उपयुक्त भूमिकाको प्रस्ताव आयो भने फिल्म खेल्छु। तर अहिले कुनै पनि फिल्म पाइपलाइनमा छैन’ उनले भनिन्, ‘म अहिले आफ्नो क्लासिकल डान्समा समर्पित छु।’

हेमा सन् १९४८ मा १६ अक्टोबरमा तामिलनाडुमा जन्मिएकी थिइन्। उनको बुवा तामिल फिल्मका निर्माता थिए। उनले सन् १९६३ मा बलिउडमा फिल्म ‘सपनोका सौदागर’ बाट डेब्यू गरेकी थिइन्। त्यसबेला उनी जम्मा १६ वर्षकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖