• Tuesday 6th of October 2026

यसकारण खतरनाक छ काेल्ड ड्रिंक्स


  • धनकुटा खबर
  • .

गर्मी सुरु हुनासाथ मानिसहरूलाई बढी तिर्खा लाग्ने हुन्छ । कोही तिर्खा मेटाउन पानी पिउने गर्छन् भने कोही विभिन्न खालका कोल्ड ड्रिंक्स पिउन मन पराउनेहरु पनि छन् ।

तर, के तपाईलाई थाहा छ, दैनिक चिसो पेय पदार्थ पिउनु स्वास्थ्यका लागि निकै खतरनाक साबित हुन सक्छ । यदि तपाईलाई थाहा छैन भने यो खबर तपाईको लागि हो ।

आज हामी तपाईलाई दिनहुँ चिसो पेय पदार्थको सेवनले कतिपय रोगहरुको जोखिम बढाउँछ भन्ने कुरा बताउनेछौँ । यसको सेवनले घाँटीसम्बन्धी रोग लाग्न सक्छ ।

चिसो पेय पदार्थ पिउन धेरै मानिसहरू मनपर्छ। कतिपय मानिसहरु यस्ता छन् जो दिनमा २ देखि ३ पटक कोड ड्रिंक पिउने गर्छन् तर, त्यसो गर्दा उनीहरुको स्वास्थ्यमा हानी पुग्न सक्छ ।

कोल्ड ड्रिंक्समा धेरै चिनी हुन्छ, जसले तौल बढ्नुका साथै मधुमेह जस्ता रोग निम्त्याउँछ । यसको लगातार सेवनले मृर्गौलाको क्षमता कमजोर बनाउँछ । यसका साथै, यसले हड्डीलाई पनि क्षति पुर्‍याउँछ ।

चिसो पेय पदार्थ पिउनाले छोटो समयको लागि आराम महसुस गराउँछ तर, याे स्वास्थ्यका लागि भने निकै हानिकारक छ। यसमा आवश्यक पोषक तत्व हुँदैन, जसका कारण यसले पोषणको कमी पनि निम्त्याउँछ।

यसमा भएको कार्बोनेसनका कारण पेटमा ग्यास र एसिडिटी हुन सक्छ । यसबाहेक, चिसो पेय पदार्थहरूमा क्याफिन र चिनी धेरै पाइन्छ, जसले हल्का चिडचिडापन निम्त्याउन सक्छ।

यसबाट बच्न कोल्ड ड्रिंक्सको सट्टा पानी, दही, लस्सी जस्ता चीजहरू सेवन गर्न निकै उपयुक्त हुन्छ । स्वस्थ रहन चाहनुहुन्छ भने आजैबाट चिसो पेय पदार्थको सेवन बन्द गर्नुहोस् । एजेन्सीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖