• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी अभ्यास खेल आज हुँदै छ। । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि शुरू हुनेछ।

अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ्ससँग पराजित भएको थियो ।

नेपालका केही व्याटसहरुले उत्कृष्ट प्रर्दशन गरेपनि यस अघिका दुवै खेलमा मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र देथ ओभरमा खराब बलिङका कारण नेपालले दुवै खेल गुमाउन पुग्यो । सिरिज गुमाइसकेको नेपाल आजको अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ ।

टी–ट्वेन्टी सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖