• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै, नारायण जोशीलाई अवसर


  • धनकुटा खबर
  • .

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए सँग टस हारेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ ।

नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने नारायण आक्रामकसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायणलाई मौका दिएको हो ।

नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

नेपालको प्लेइङ ११
विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, नारायण जोशी, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल र कमल सिंह ऐरी

बेन्च
किरण ठगुन्ना, विकाश आग्री, हेमन्त धामी र अर्जुन घर्ती ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖