• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टस हारेको नेपाल ‘ए’ले पहिले ब्याटिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं,१९ चैत । तीन खेलको टी-२० सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल ए ले पहिले ब्याटिङ गनेृ भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ए ले टस जितिर पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

आज नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । टोलीमा किरण ठगुन्नाको स्थानमा नारायण जोशीलाई मौका दिएको छ ।

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, नारायण जोशी, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल र कमल सिंह ऐरी

बेन्च : किरण ठगुन्ना, विकाश आग्री, हेमन्त धामी र अर्जुन घर्ती ।

नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖