• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आरिफ र कमलको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ‘ए’ लाई नेपाल ‘ए’ ले दियो २१४ रनको विशाल लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं,१९ चैत । आयरल्याण्ड ए लाई तेस्रो टी-२० सिरिजमा नेपाल ए ले २१४ रनको लक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन जोड्यो ।

नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । रासिद खानले २४ रन बनाए ।

कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖