• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आइपिएलमा आज बैंगलुरु र लखनउ खेल्दै


  • धनकुटा खबर
  • .

हैदराबाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुँदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुँदै छ ।

जारी आईपीएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

बैंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो भने चेन्नई र कोलकोताविरुद्ध हार बेहोरेको थियो । त्यसै गरी लखनउले राजस्थान रोयल्सविरुद्ध हार बेहोरेको थियो भने पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो ।

यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्त्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै पछिल्लो पञ्जाव किंग्सविरुद्धको खेलमा डेभ्यु गरेका लखनउका तीव्र गतिका बलर मयंक यादवमाथि सबैको नजर हुने छ । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यान केन्द्रित गरेका छन् । यस खेलमा पनि उनीमाथि सबैको नजर हुने छ ।

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्त्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्त्वपूर्ण खेलाडी हुनेछन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौँ स्थानमा रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖