• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुजरातलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् ।

बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ ।

अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक यादव, ललित राजवंशी र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ। आज यी चारमध्ये दुईलाई मौका दिनसक्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् ।

गुजरातका रुद्रमयुर पटेलले बरोडाविरुद्ध ७० रन बनाएका थिए । कप्तान उमांग पटेल, अर्यान देशाई र रुद्र प्रमुख ब्याटर हुन् ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।

गुजरातको टोली

उमांग पटेल (कप्तान) ,अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖