• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रोनाल्डोको लगातार दोस्रो ह्याट्रिक, अल नासरको फराकिलो जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो । अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडि रहेको छ । अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖