• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ ले पूरा गर्‍यो सङ्घर्षपूर्ण सय रन, ८ औँ विकेट पनि पतन


  • धनकुटा खबर
  • .

नेपाल ‘ए’ ले सङ्घर्षपूर्ण सय रन पूरा गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा त्रिवि क्रिकेट मैदानविरुद्ध ब्याटिङ्ग गरिरहेको नेपालले ७ विकेट गुमाएर सय रन पूरा गरेको हो।

टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमध्ये ३८.३ ओभर खेल्दै १५७ रन बनायो। १५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाली टोलीले खराब प्रदर्शन गर्दै ८ विकेटको क्षतिमा १०० रन कटाएको छ।

नेपालको पारी सम्हाल्दै खेलिरहेका बसिर अहमद र साहब आलमले नेपालको सय रन कटाएका हुन्। सय रन कटाउँदै बसिर भने आउट भएका छन्। योसँगै नेपालको आठौँ विकेट पतन भएको छ।

हाल १८ ओभरको खेल सकिँदा नेपाल ८ विकेटको क्षतिमा १०३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖