• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपालले दियो गुजरातलाई १ सय ८२ रनको लक्ष्य, कुशल र आसिफको उत्कृष्ट साझेदारी


  • धनकुटा खबर
  • .

काठमाण्डौ – भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले गुजरातलाई १ सय ८२ रनकाे लक्ष्य दिएकाे छ ।

गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायाे ।
नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलाे विकेटका लागि १ सय २५ रनकाे साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

प्रतियाेगितामा पर्सि शुक्रवार नेपाल र बराेडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो ।

टी–२० क्रिकेट शृङ्खलाकाे फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖