एजन्सी – इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।
लियोन मेस्सी विना घरेलु मैदानमा उत्रेको मियामीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा मोन्टेरेसँग २–१ ले पराजित भएको थियो ।
घरेलु मैदानमा टोमस एभिलेसको गोलबाट मियामीले १९ औं मिनेटमा अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा १० खेलाडीमा सिमित भएपछि मियामीको प्रदर्शनमा असर परेको थियो । ६५ औं मिनेटमा डेभिड रुइजले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा सिमित भएको थियो ।
६९ औं मिनेटमा म्याक्सिमिलियानो मेजाले बराबरी गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा जर्ज रोड्रिग्युजले गरेको गोल मोन्टेरेका लागि निर्णायक बनेको थियो । सन् २०२३ जुलाई मा मियामीमा आबद्ध भएयता मेस्सीले टोलीका १२ खेल गुमाइसकेका छन् ।
