• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आईपीएलमा कम्ब्याकको तयारीमा सूर्यकुमार


  • धनकुटा खबर
  • .

मुम्बई । मुम्बई इन्डियन्सका ब्याटर सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) मा टोलीका लागि खेल्न तयार भएका छन् । क्रिकबजको रिपोर्टअनुसार नेसनल क्रिकेट एकाडेमी (एनसीए) ले सूर्यकुमारलाई खेल्न अनुमति दिएको हो ।

उनी अप्रिल ५ मा मुम्बई इन्डियन्सको टोलीसँग जोडिनेछन् । यद्यपि, यसबारे मुम्बईले कुनै पनि औपचारिक जानकारी दिएको छैन ।

पूरै फिट नभएको कारण सूर्यकुमारले सुरुवाती तीन खेलमा खेल्न पाएका थिएनन् । यस वर्षको जनवरीमा सूर्यकुमारको जर्मनीमा सफल शल्यक्रिया गरिएको थियो ।

त्यसपछि उनी एनसीएमा फिट हुने प्रयास गरिरहेका थिए । उनी सन् २०२३ को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा फिल्डिङका दौरान घाइते भएका थिए ।

मुम्बईले आगामी खेल ७ अप्रिलमा दिल्ली क्यापिटल्स विरुद्ध वानखेडे रंगशालामा खेल्नेछ । यो सिजन मुम्बईको सुरुवात राम्रो हुन सकेको छैन । नयाँ कप्तान हार्दिक पाण्ड्याको नेतृत्वमा टोलीले लगातार ती खेल गुमाइसकेको छ ।

सूर्यकुमारले आईपीएलका १३९ खेलमा १४३.३२ को औसतले ३ हजार २४९ रन बनाएका छन् । उनले पछिल्लो सिजन मुम्बईका लागि १६ खेलमा ४२.२१ को औसतले ६०५ रन बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖