काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम खेलमा टस हारेको छ ।
वल्भ्स कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेको हुन् । नेपालले पहिलो फिल्ड गर्दैछ । नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।
नेपालको टोली : विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री
आयरल्यान्ड वल्भ्स :
निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट
