• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । रोडेरिक ओ इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन् ।

टी–२० विश्वकपअघि नेपाल क्रिकेट संघ (क्यान) ले इस्टविकलाई राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त गरेको हो ।

६२ वर्षीय इस्टविक बारबाडोसमा जन्मिएका हुन् । उनी दायाँ हाते मध्यम तीव्र गतिका बलर हुन् । उनले सन् १९८२–८३ देखि १९८९–९० सम्म फस्ट क्लास क्रिकेट खेलेका थिए ।

उनले फस्ट क्लास क्रिकेटमा २१.९० को औसतले १ सय ४१ विकेट हात पारेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖