• Wednesday 7th of October 2026

शल्यक्रियापछि पूजाले यसो भनिन्…


  • धनकुटा खबर
  • .

अभिनेत्री पूजा शर्माको शल्यक्रिया गरिएको छ। अस्वस्थ भएर मेडिसिटी अस्पताल भर्ना भएकी उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ।

पूजा स्वयमले फेसबुकमार्फत शल्यक्रिया भएको जानकारी दिएकी हुन्। स्वास्थ्यमा छिटो सुधार आएको भन्दै उनले डाक्टरहरुलाई धन्यवाद समेत दिएकी छिन्।

‘मेरो स्वास्थ्यमा छिटो सुधार आएको देखेर म धेरै खुसी छु। यो अब आराम गर्ने र छिटो सुधारका लागि डाक्टरहरुको सल्लाह पालना गर्ने समय हो। स्वास्थ्य लाभको शुभकामना दिन सबैलाई धन्यवाद,’ उनले लेखेकी छिन्।

उनको पोस्टमा फिल्मकर्मीहरुले स्वास्थ्यलाभको शुभकामना दिइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖