काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल मलेसियाविरुद्ध खेल्दै छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ४ः१५ देखि खेल सुरु हुनेछ ।
१० देश सम्मिलित यस यस प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार नेपालमा कान्तिपुर टेलिभिजनले लिएको छ । यसअन्तर्गत कान्तिपुर टिभी र कान्तिपर टिभी म्याक्सबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।
यदि तपाईँ टिभीको पहुँचमा हुनुहुन्न र अनलाइनमा यी खेल हेर्न चाहनुहुन्छ भने कान्तिपुर टिभीकाे वेबसाइट, माेबाइल एप, युट्युब च्यानल वा वर्ल्डलिंकको नेटटिभी एप (NetTV) उपयुक्त हुनसक्छ ।
यदि नेपालबाहिर हुनुहुन्छ भने एसियन क्रिकेट काउन्सिलको युट्युब च्यानलबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ ।-टेकपाना
