• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दीपेन्द्रले लिए मलेसियाको पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिएको छ ।

मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।

उनले मलेसियाका ओपनर ब्याट्सम्यान मुहम्मद अमिरलाई १६ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् । दीपेन्द्रले आफ्नो बलिङमा अमिरको क्याच आफैले लिएका हुन् ।

पेभेलियन फर्किनुअघि अमिरले १८ बलमा तीन चौका पनि हिर्काएका थिए । ५.१ ओभरमा अमिर आउट हुँदा मलेसियाले ३५ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖