• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो ।

कुशल भुर्तेल २४ रन बनाउँदै पेभेलियन फर्किए । उनले २४ बलको सामना गरी तीन चौका पनि हिर्काए ।

उनलाई मलेसियाका बलर पवनदीप सिंहले एलबीडब्लूको धरापमा पारेका हुन् । ७.५ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४९ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖