अमेरिकाको क्यालिफोर्नियामा कण्डमको प्रयोगलाई लिएर कानून पारित भएको छ । यदि यौन सम्पर्कको बेला पार्टनरको सहमति बिना कण्डम हटाए त्यो गैरकानूनी हुने सो कानूनमा उल्लेख छ ।
यदि यौन सम्पर्कको बेला कसैले बिना सहमति कण्डम हटाए त्यसविरुद्ध मुद्दा दायर गर्ने व्यवस्था समेत कानूनमा गरिएको छ । कण्डमसँग सम्बन्धित कानून बनाउने क्यालिफोर्निया अमेरिकाको मात्र होइन संसारकै पहिलो राज्य बनेको छ ।
कानून पारित भएसँगै कण्डमको प्रयोगलाई लिएर वहस सुरु भएको छ ।
यो कानून अनुसार यौनकर्मीहरुले पनि त्यसता ग्राहकविरुद्ध मुद्दा दायर गर्न पाउने छन् जसले सहमति बिना कण्डम निकाल्ने गर्छन् । पीडितहरुले क्षतिपूर्तिको माग समेत गर्न पाउने व्यवस्था कानूनमा गरिएको छ ।
बिना सहमति कण्डम निकाल्दा महिलालाई यौन रोग सर्ने सम्भावना बढी हुने भएकोले यो कानून ल्याइएको बताइएको छ ।
