• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी गिब्सले दिए दीपेन्द्रलाई बधाई


  • धनकुटा खबर
  • .

अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेपछि नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चर्चामा छन्।

उनी अन्तर्राष्ट्रिय मिडियाको क्रिकेट समाचारमा छाएका छन् भने विभिन्न दिग्गज क्रिकेटरले बधाइ दिइरहेका छन्।

एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ खेलाडी बनेका दीपेन्द्रलाई पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दक्षिण अफ्रिकाका हर्षल गिब्सले बधाइ दिएका छन्।

गिब्सले क्रिकेट कमेन्टेटर एन्ड्रियु लियोनार्दले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडिओमा ‘वेलकम योङ म्यान’ भनेर लेखेका छन्।

गिब्सले नेदरल्याण्ड्सविरुद्ध २००७ को एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖