कैलाली । नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेपछि अध्यक्ष रञ्जिता श्रेष्ठ प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।
नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले आइतबार फरक फरक पार्टीको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका हुन् ।
लक्ष्मणकिशोरले कांग्रेस र एकीकृत समाजवादी तथा कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।
