• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

करण केसीले लिए हङकङको पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ । हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।

करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । नेपालले टस जिती हङकङको पहिले ब्याटिङको निम्तो दिएको हो । २.१ ओभरमा कोट्जी आउट हुँदा हङकङकले १२ रन बनाएको छ ।

वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो । जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖