• Wednesday 21st of October 2026

नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ।

गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन् । भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन्।

सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖