• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायो


  • धनकुटा खबर
  • .

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ ।

गए राति घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायाे । चेल्सीका काेले पाल्मरले चार गोल गरे । पाल्मरले खेलको १३ औँ, १८ औँ, २९ औँ र ६४ औँ मिनेटमा गोल गरे । त्यस्तै निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले १/१ गाेल गरे ।

याे जितसँगै चेल्सी तालिकाको ९ औँ स्थानमा यथावत् छ । उसको ३१ खेलमा ४७ अङ्क रहेको छ ।

एभर्टन ३२ खेलमा २७ अङ्कका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ३२ खेलमा ७३ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖