• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २-२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक एक विकेट लिए ।

गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको छ ।
   

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖