• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुई रनमै आउट भए कुशल मल्ल पनि


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनी पाँच बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर ईस्तिक अहमदले बोल्ड गरेका हुन् ।

तेस्रो ओभरको दोस्रो बलमा कुशल मल्ल आउट हुँदा नेपालले १५ रनमात्र बनाउन सकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖