• Wednesday 21st of October 2026

छोटे माओवादी र सहकारी ठगको संज्ञा दिंदै गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघले जलायो पुत्ला


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (बुधबार) साँझ आर आर क्याम्पसअगाडि गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रदर्शन गरेको प्लेकार्डमा सहकारी ठग र छोटे माओवादीको संज्ञा दिईएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्ने रणनीति बनाएको बेलामा नेविसंघ सडकमा उत्रिएको हो ।

कांग्रेसले सदनमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖