• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कम्बोडियालाई पराजित गर्दै युएई विजयी, नेपालसँग सेमिफाइनलमा भिडन्त हुने


  • धनकुटा खबर
  • .

एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ । जितसँगै युइई सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब सेमिफाइनलमा उसको भिडन्त हालसम्म कपमा अविजित रहेको नेपालसँग हुनेछ ।

समूह “बी” को समूह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रन्को लक्ष्य पछाएको युएईले ५।१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि कम्बोडियाले पहिला ब्याटिङ गर्दै १९ ओभरमा अल आउट हुँदै ७६ रन मात्र बनाएको थियो ।

जितपछि युएईको ४ खेलमा ६ अङ्क भएको छ र अहिले शीर्ष स्थानमा उक्लिएको छ भने सेमिफाइनलमा पुग्ने निश्चित भएको छ । अब समूह बि को विजेता उपविजेताको टुङ्गो भने अहिले जारी रहेको ओमान र कुवेतबिचको खेल पछि मात्र लाग्ने छ ।

ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रन रेट निर्णायक हुने छ ।

समूह बी बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖