• Wednesday 21st of October 2026

लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो


  • धनकुटा खबर
  • .

बुटवल । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् ।

एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके)लाई सरकारमा पठाउने निर्णय गरेको छ ।

यसअघि एमालेबाट चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । एमालेबाट मन्त्री बन्नेकाहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल जारी छ ।

लुम्बिनीमा यसअघि चार सदस्यीय मन्त्री मण्डल गठन भएको छ। एमालेबाट मन्त्री बन्नेहरूलाई आजै नियुक्त गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖