• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कुशल मल्लको रुपमा चौथो विकेट गुमाएको हो ।

कुशलले ५ बल खेलेर ३ रन बनाउदै बसिल हामिदको बलमा आउट भएका छन् । यस अघि कप्तान रोहित पौडेलले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भएका थिए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ९.१ ओभरमा ४ विकेट गुमाउदै ५० रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖