• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

यूएईको दोस्रो विकेट गुलसन झाले लिएका हुन् । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान विष्णु सुकुमारनलाई कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । कुशल भुर्तेलले उत्कृष्ट क्याच लिए ।

आउट हुनुअघि विष्णुले २८ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन बनाए । ७.५ ओभरमा उनी आउट हुँदा यूएईले ५४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖