काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
गुल्सन झा ६ बलमा ६ रन बनाएर रन आउट भएका हुन् ।
यसअघि एक बल अगाडि सन्दीप जोरा २२ बलमा मात्र २३ रन बनाएर रनआउट भएका थिए ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले १३.४ ओभरमा ८७ रन बनाएको छ ।
