काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
सोमपालले ३ रन बनाएका कप्तान निजकत खानलाई आउट बनाएका हुन् । हङकङले ३.२ ओभरमा १५ रन बनाएको छ ।
नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
