काठमाडौ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ भने बढेको भाउ घटेको छ ।
शुक्रवार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ स्थिर रहँदै आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
