• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जारी आइपिएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?


  • धनकुटा खबर
  • .

काठमाडौं। जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रनको बर्षा भएको छ। ३२० ओभरमा २०० रन सामान्य बनेको छ।

आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रङ यस आइपिएलमा बनेको छ। सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठुलो टोटल २८७ रन बनाएको छ। त्यसपछि २७७ रनको टोटल पनि उसकै नाममा रहेको छ। त्यस्तै कोलकोताले २७२ रन बनाएको छ।

त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आइपिएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन्। जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन्। उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए।

त्यस्तै यस आइपिएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन्।

त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान रुतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖